close

रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने

रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने

Trulli
ADVERTISEMENT

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सीसीटिभी क्यामेरा जडान हुने भएको छ । विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । 

उनले भने, ‘सिसिटिभी क्यामेरा जडान गरिएपछि दुर्घटनाका कारणबारे जानकारी लिन सहयोग पुग्छ, सुरक्षाका दृष्टिकोणले पनि यो महत्त्वपूर्ण छ ।’

गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले सीमा क्षेत्रसँग जोडिएको रोहिणी गाउँपालिकामा सुरक्षाको दृष्टिकोणले सिसिटिभी क्यामेरा आवश्यक भएको बताए ।

उनले भने,‘विगतमा पनि यस क्षेत्रमा घटना भएका छन्, गाउँ कार्यपालिकाबाट निर्णय तथा विभिन्न क्षेत्रको पहिचान गरी सुरक्षा निकायसँग समन्वय गरेका छौँ । ’ उनले सिसिटिभी क्यामेरा जडान गर्ने कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी दिए ।

यसैबीच गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, प्रवक्ता वीरबहादुर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँ, वडा नम्बर ५ का वडाध्यक्ष घनश्यामसिंह क्षेत्री, वडासचिव राजकुमार मिश्र, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले बुधबार सिसिटिभी क्यामेरा जडान गर्ने क्षेत्रको अनुगमन तथा अवलोकन गरेको छ ।