close

मेलम्ची नगरपालिकामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

मेलम्ची नगरपालिकामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सिकाइ आदान-प्रदानसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा युएसएआइडीको सहयोगमा टुकी संघ सुनकोशी, सुआहारा सबैको परिवार, पोषण तथा खाद्य सुरक्षा तथा मेलम्ची नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । 

उक्त गोष्ठीमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, चन्द्र बहादुर तामाङ, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका तथा संबन्धित सरोकार समितिका पदाधिकारी उपस्थित थियो ।