close

हुम्लाको लिमीमा सञ्चारको पहुँच

हुम्लाको लिमीमा सञ्चारको पहुँच

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लाको उत्तरी गाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ ।

नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जिमा सञ्चालन भएको छ । 

अब लिमीवासीको मोबाइलमा कुुरा गर्ने सपना पनि पूरा भएको छ । यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो । 

मोबाइल सेवा सञ्चालन आएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । वर्षौंदेखि मोबाइलमा कुरा गर्ने उनीहरूको चाहना पूरा भएको छ । लिमी गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै लामो प्रयासपछि लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताए ।

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो । तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुुगेका थिए । गत वर्ष घर निर्माण कार्य, सोलार प्यानल र ब्याट्री जडान भएको थियो ।