close

दशैंको मुखमा चन्द्रपुरको १५ लाखको शौचालय सेवा

दशैंको मुखमा चन्द्रपुरको १५ लाखको शौचालय सेवा

Trulli
ADVERTISEMENT

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा १५ लाखमा खरिद गरेर अढाई वर्षदेखि थन्काएर राखेको घुम्ती शौचालय पुन: सञ्चालनमा आएको छ । 

दुईवटा घुम्ती शौचालयमध्ये चन्द्रपुर नगरपालिकाको कार्यालयअगाडि थन्काइएकामध्ये एउटा घुम्ती शौचालय आजदेखि सञ्चालनमा आएको हो । 

उक्त शौचालयलाई पूर्व–पश्चिम राजमार्गमा राखेर सञ्चालन गरिएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेले बताए । खरिद गरेको केही समय सञ्चालनमा ल्याइए पनि अढाई वर्षभन्दा बढी समयदेखि  शौचालय प्रयोगविहीन बनाएर भएर थन्किएका थिए ।

चाडपर्वका बेला बढ्ने स्थानीय र यात्रुको चापलाई मध्यनजर गर्दै थन्किएको घुम्ती शौचालय सञ्चालनमा ल्याइएको उनले बताए । 

सार्वजनिक शौचालयको लागि पायक पर्ने स्थान र जग्गा नभएको भन्दै नगरपालिकाले विकल्पको रुपमा घुम्ती शौचालय खरिद गरेको थियो ।

खरिद गरेको केही समयपछि ठेक्कामा चलाउन खोजेपनि नगरपालिका असफल भएको थियो । त्यसपछि ती शौचालयहरु वेवारिसे बनाएर थन्काएर राखिएका थिए । एउटा घुम्ती शौचालय सञ्चालनमा आएपनि अर्को भने चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा वेवारिसे अवस्थामा रहेको छ ।