close

रामप्रसादराई गाउँपालिकाद्वारा वडा-वडामै सामाजिक सुरक्षा भत्ता वितरण

रामप्रसादराई गाउँपालिकाद्वारा वडा-वडामै सामाजिक सुरक्षा भत्ता वितरण

Trulli
ADVERTISEMENT

भोजपुर । रामप्रसादराई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउनेहरूको सहजताका लागि सञ्चालन गरेको शिविरबाट ९१० जना साभान्वित भएका छन् । 

यसअघि गाउँपालिकाको बैकु्ण्ठेबाट सामाजिक सुरक्षा भत्ता पाइरहेका उनीहरूले वडाबाटै सेवा पाएका हुन् । तिहार नजिकिएसँगै गाउँपालिका अध्यक्ष थामबहादुर राईसहितको उपस्थितिमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम असोज २७ गतेदेखि कातिक ४ गतेसम्म सम्पन्न भएको हो । जसअनुसार असोज २७ गते वडा नम्बर-१ ओख्रे, २८ गते वडा नम्बर-२ धोद्लेखानी ३० गते वडा नम्बर-३ भुल्के, ३१ गते वडा नम्बर-४ दलगाउँ, कातिक-२ गते  वडा नम्बर-८ खोक्सिक, कातिक ३ गते वडा नम्बर-७ बासीखोरा र कातिक ४ गते वडा नम्बर-५ मानेभञ्ज्याङमा टोली पुगेको थियो । 

गाउँपालिका अध्यक्ष राईले आफूले चुनावमा गरेको प्रतिबद्धता पूरा गर्दै जनताको माझमा आएको र यसलाई निरन्तरता दिने बताएका छन् । साथै, शिविरमा खट्ने बैंकको कर्मचारी, सुरक्षा कर्मी, जनप्रतिनिधि र स्थानीयलाई धन्यवादसमेत दिएका छन् ।