close

पथरी शनिश्चरेमा कुकुर बन्ध्याकरण गरिने

पथरी शनिश्चरेमा कुकुर बन्ध्याकरण गरिने

Trulli
ADVERTISEMENT

मोरङ । पथरी शनिश्चरे नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ ।

सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेविजमुक्त नगरपालिकाका लागि पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागेको हो । 

पशुपक्षी शाखाको आयोजनामा आगामी १८ गतेदेखि २० गतेसम्म सो कार्यक्रम सञ्चालन गरिने पालिकाले जनाएको छ ।

सो कार्यक्रम सञ्चालनका लागि टोलटोलमा कुकुर संकलन गरिने भएकाले आवश्यक सहयोग गर्न पालिकाले अनुरोध गरेको छ । 

कुकुर संकलनका लागि ब्यानरसहितको गाडी टोल टोलमा जाने पशुपक्षी शाखाले जनाएको छ ।