close

बनेपामा फ्रि वाइफाइ जडानको काम सुरु

बनेपामा फ्रि वाइफाइ जडानको काम सुरु

Trulli
ADVERTISEMENT

बनेपा । काभ्रेको बनेपा नगरपालिकामा फ्रि वाइफाइ जडानको काम सुरु भएको छ । बिहिबार नगरपालिकाको भवन र बनेपा बसपार्क आसपासको पाँच स्थानमा वाइफाइ जडानको काम भएको नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताए ।

वल्र्ड लिङ्कको प्राविधिक सहयोगमा नगरपालिकाले फ्रि वाइफाइ जडानको काम गरिरहेको छ । नगरपालिकाले वाइफाइ इन्स्टलेसनको लागि ठाउँ उपलब्ध गराएको र बाँकी काम वल्र्ड लिङ्कले गरेको उनले बताए ।

करिब आठ किलोमिटरको क्षेत्रफलमा पहिलो चरणमा फ्रि वाइफाइ जडानको काम भइरहेको छ । नगरपालिकाको कोर क्षेत्र, चण्डेश्वरी मन्दिर पनौती जाने बाटो र अरनिको राजमार्गको क्षेत्रमा वाईफाई जडान हुने छ ।

‘हट स्पट जस्तै गरि वाईफाई चलाउन नगरवासीले सक्नेछन् । अहिले हामी इन्टरनेटबिना धेरै समस्या झेलिरहेका हुन्छौँ । त्यसैले फ्रि वाइफाइ हुन आवश्यक छ ।’ नगरप्रमुख शाक्यले पालिका खबरसँग

चुनावको कारण काममा ढिलासुस्ती हुन सम्भावना रहेपनि केहि हप्तामै नगरवासीले फ्रि वाइफाइको सेवा लिन पाउने उनले बताए । विस्तारै नगरपालिका भरि नै फ्रि वाइफाइको व्यवस्था गर्ने उनको भनाई छ ।