close

गोकर्णेश्वरमा ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा

गोकर्णेश्वरमा ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराइरहेको छ ।

६८ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई वार्षिक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा उपलब्ध गराएको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिलिप कुमार रिसालले पालिकाखबरलाई बताए । 

साथै नगरपालिकाले एकल महिला, विधवा महिला, राष्ट्रिय खेलाडी, कृषक कार्ड पाएका पाँचसय जना कृषक, अपाङ्गता भएका व्यक्तिलाई समेत निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउँदै आएको उनले बताए ।