close

काठमाडौं महानगरपालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक

काठमाडौं महानगरपालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले प्रगति विवरण आइतबार सार्वजनिक गरेको हो । 

नगरपालिकाको विभिन्न विभाग र आयोजनामा विनियोजित रकम, खर्च रकम भएको प्रगती र खर्च प्रतिशत समावेश छन् । १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँ २८ ओटा महानगरपालिकाको विभाग तथा आयोजनाहरुमा विनियोजित भएको थियो । जसमा ७ अर्ब ३१ करोड ३५ लाख ७२ हजार ८४९ रुपैयाँ नगरपालिकाले खर्च गरेको छ । यो विनियोजित रकमको ४४.२५ प्रतिशत खर्च रकम हो । 

काठमाडौं महानगरपालिकामा विभिन्न विभागमा विभाजित रकम मध्ये शिक्षा विभागमा सबैभन्दा धेरै खर्च भएको छ । १ अर्ब ५९ करोड ४२ लाख ४ हजार रुपैयाँ विनियोजित भएकोमा ८६.४३ प्रतिशत रकम खर्च भएको प्रतिवेदनमा उल्लेख छ । १ अर्ब ३७ करोड ७७ लाख ९२ हजार ४०९ रुपैयाँ शिक्षा विभागले खर्च गरेको हो ।