काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा निशुल्क चिनी रोगको जाँच हुने भएको छ ।
नगरपालिकाको वडा नं ३ को बुढानीलकण्ठ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य जाँच हुने वडा नं ३ काे कार्यालयले आइतबार सुचना जारी गरेर जानकारी दिएको हो ।
विश्व मधुमेह दिवसको अवसरमा हुन लागेको उक्त सुगर परिक्षणमा सुगरको संभावित जोखिम भएका सबैजनाले परिक्षण गर्न सुचनामा अनुरोध गरिएकाे छ ।