close

छथर जोरपाटीमा स्वास्थ्य बीमा गर्दा छुट

छथर जोरपाटीमा स्वास्थ्य बीमा गर्दा छुट

Trulli
ADVERTISEMENT

धनकुटाकाे छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । 

स्वास्थ्य बीमाको लागि तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । त्यसको ५० प्रतिशत रकम पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ ।

बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार ९२२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले बताए ।