close

म्याग्देमा विद्यार्थी र सुत्केरिलाई आर्थिक सहयोग

म्याग्देमा विद्यार्थी र सुत्केरिलाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

तनहुँको म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । 

गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। यस्तै  सुत्केरी कार्यक्रमअन्तर्गत १२ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । दुई सय ५० सुत्केरीलाई प्रति व्यक्ति पाँच हजार रुपैयाँका दरले रकम प्रदान गरिएको उनले जानकारी दिए। 

यस्तै युवा स्वरोजगार कार्यक्रमअन्र्तगत रु ४५ लाख बजेट विनियोजन गरी तथ्याङ्क सङ्कलन गर्ने कार्य थालिएको छ । हालसम्म गाउँपालिकामा ४० युवाको तथ्याङ्क सङ्कलन भइसकेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले दुई चरणमा घुम्ती शिविर सञ्चालनसमेत गरेको छ ।