close

ललितपुरमा जग्गा वर्गीकरण, कुन जग्गा कुन क्षेत्रमा ?

ललितपुरमा जग्गा वर्गीकरण, कुन जग्गा कुन क्षेत्रमा ?

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले जग्गा वर्गीकरण गरेको छ । महानगरपालिकाको भूउपयोग परिषद्को मंसिर २० गते बसेको बैठकले पालिकाभित्रका जग्गा वर्गीकरण गरेको हो । 

भूउपयोग ऐन २०७६ कोे दफा ५ र भू उपयोग विनिमय २०७९ को नियम अनुसार जग्गा बर्गीकरण गरिएको पालिकाले जनाएको छ । वडा नम्बर ६ र १५ का स्थानलाई औद्योगिक क्षेत्र, वडा नम्बर १५ र २३ को कृषि अनुसन्धान क्षेत्रले ओगेटेको स्थानमा कृषि क्षेत्र र बाँकी २९ वटै वडा आवसीय क्षेत्र वर्गीकरण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । 


उनका अनुसार बाँकी क्षेत्र तथा सम्पदा क्षेत्रमा आवश्यक अध्ययन र अनुसन्धान गरिने छ । अध्ययनपश्चात् पुन वर्गीकरण गरिने उनले बताए ।