close

बनेपामा दुर्घटनामा मृत्यु भएकाे श्रद्धाञ्जली दिँदै शाेक बिदा

बनेपामा दुर्घटनामा मृत्यु भएकाे श्रद्धाञ्जली दिँदै शाेक बिदा

Trulli
ADVERTISEMENT

बनेपा नगरपालिकाले बेथानचोक गाउँपालिकाको नलाउ गणेशस्थानमा भएको दुर्घटनामा परि मृत्यु भएका नगरवासीको नाममा शोक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै बुधबार मृतकलाई श्रद्धाञ्जली दिँदै  पालिका कार्यालय तथा वडाको कार्याकालयबाट दिने सबै किसिमको सेवा बन्द गरेको जानकारी दिएको छ।

दुर्घटनामा बनेपा नगरपालिकाको वडा नं ११ र १४ मा बसोबास गर्ने नगरवासी लगायत अन्य पालिकाका गरि १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

मंगलबार साँझमा बेथानचाेक–५ काे च्याल्टीमा आयाेजित व्रतबन्धमा सहभागि भएर फर्कने क्रममा रहेका यात्रु सवार बस दुर्घटनामा परेको थियो।