close

पशु सेवा अन्तर्गतको कार्यक्रममा सहभागी हुन बेनीको अनुरोध

पशु सेवा अन्तर्गतको कार्यक्रममा सहभागी हुन बेनीको अनुरोध

Trulli
ADVERTISEMENT

म्याग्दी । बेनी नगरपालिकाले पशु सेवा अन्तर्गतको कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार बाख्रासहितको खोर वितरण, साझेदारीमा यान्त्रिक वितरण, पशुपन्छी तथा मन्त्स्य विमा प्रिमियममा १० प्रतिशत अनुदान र भैंसी वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  सो कार्यक्रमको लागि पालिकाले २० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जनाइएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने संघ, संस्था तथा फर्मले आवश्यक कागजातसहित सूचना प्रकासित भएको एक हप्ताभित्र निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।