close

कीर्तिपुरमा मेलमिलापसम्बन्धी ४८ घण्टे तालिम

कीर्तिपुरमा मेलमिलापसम्बन्धी ४८ घण्टे तालिम

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाले एक हप्ते मेलमिलापकर्ता तालिममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मेलमिलाप कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुुसार तालिम आगामी पुष ३ गतेदेखि नगरपालिकाको सभाहलमा सञ्चालन हुने छ । पुष १० गतेसम्म सञ्चालन हुने सो तालिम बिहान ११ बजेदेखि सुरु हुने  नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको न्यायिक समिति समक्ष सुनुवाइक लागि प्रस्तुत हुने विवादहरु यथाशक्य मेलमिलापका माध्यमबाट टुंगो लगाउनु पर्ने कानुनी व्यवस्थालाई पूर्णता दिने सो मेलमिलापसम्बन्धि ४८ घण्टे आधारभूत तालिम सञ्चालन हुने जनाइएको छ ।