close

राजविराजमा शहीद परिवारलाई मासिकभत्ता

राजविराजमा शहीद परिवारलाई मासिकभत्ता

Trulli
ADVERTISEMENT

सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ ।

आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

माहालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले बताए।

उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताएका छन्।