close

भवन नक्सा पास गर्दै कीर्तिपुर सरकार

भवन नक्सा पास गर्दै कीर्तिपुर सरकार

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाले घर जग्गा पास गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भवन नक्सा पास गर्ने जनाएको हो । 

सूचना अनुसार नगर क्षेत्रभित्रको भवन, नक्सा अभिलेखन गर्न ०७४ चैत १ गते र ०७७ कातिक २४ गते सूचना प्रकासित गरेपनि कोरोना महामारीको कारण सो कार्य रोकिएको थियो । सो विषयमा जनगुनासो आएकोले नगरपालिकाले पुन नक्सा पास गर्न लागेको हो । 

जनताको गुनासो सम्बोधन गर्दै आगामी माघ ७ गतेसम्म तोकिएको दस्तुर बुझाएर भवन नक्सा पास गर्न सक्ने नगरपालिकाले जनाएको छ ।