close

शहिद परिवारलाई मासिक ५१०० वितरण गर्दै राजविराज

शहिद परिवारलाई मासिक ५१०० वितरण गर्दै राजविराज

Trulli
ADVERTISEMENT

सप्तरी । राजविराज नगरपालिकाले शहिद परिवारलाई मासिक ५१०० रुपैयाँ दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शहिद परिवारलाई सो रकम दिने जनाएको हो । 

सूचना अनुसार आर्थिक वष २०७९ र ०८० को नगरसभाले नगरपालिका भित्र बसोबास गर्ने शहिद परिवारलाई मासिक ५१०० रुपैयाँ वितरण गर्ने निर्णय गरिएको थियो । सोही अनुरुप सो रकम वितरण गर्न लागेको नगरपालिकाले जनाएको छ । 

सो रकम प्राप्तिको लागि आवश्यक कागजातसहित निवेदन दिन पालिकाले अनुरोध गरेको छ । 

आवश्यक कागजातहरु 
१, शहिद प्रमाणपत्र
२, नागरिकता प्रतिलिपी
३, नाता प्रमाणितपत्रको प्रतिलिपि
४, वडा कार्यालयको सिफारिस
५, सम्बन्धित आवश्यक कागजातहरु