close

अन्तरजातीय विवाह गर्नेलाई पालिकाको रू १ लाख पुरस्कार

अन्तरजातीय विवाह गर्नेलाई पालिकाको रू १ लाख पुरस्कार

Trulli
ADVERTISEMENT

मुगु।  छायानाथरारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनबापत १ लाख पुरस्कार दिने निर्णय गरेको छ । नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकले जातीय विभेद कम गर्न यो निर्णय गरेको हो ।

कार्यपालिका बैठकले दलित हकअधिकारका लागि नीति–२०७९ पारित गर्दै उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरे प्रोत्साहनस्वरूप पुरस्कार दिने घोषणा गरेको हो । 

उक्त निर्णयले जातीय सद्भाव कायम राख्नुका सथै अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहित गर्न नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ।