close

भोटेकोशीमा दुई दिन स्थानीय पर्व विदा

भोटेकोशीमा दुई दिन स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाले दुई दिन स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै भोलि र पर्सि स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार फागुन १० र ११ गते शेर्पा, तामाङ तथा बुद्धिष्ठ समुदायको ग्याल्पो ल्होसार भएकोले माघ २४ गते बसेको कार्यपालिकाले बैठकले स्थानीय पर्व विदा दिने निर्णय गरेको हो । 

सो दिन गाउँपालिका अन्तर्गतका वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था बन्द रहने सो सूचनामा उल्लेख गरेको छ ।