close

फागुन १५ गते  रैनादेवीमा सार्वजनिक विदा

फागुन १५ गते  रैनादेवीमा सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै राष्ट्रिय एकता मगर दिवसको अवसरमा  सार्वजनिक विदा दिएको हो । 

गाउँपालिकाको अनुसार फागुन २ गते बसेको कार्यपालिका बैठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 सो दिन गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था बन्द हुने सो सूचनामा उल्लेख गरिएको छ ।