close

बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

Trulli
ADVERTISEMENT

सुर्खेत। बराहताल गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै वैशाख २० गते सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। 

उक्त दिन बराहताल गाउँपालिकाको प्राङ्गणमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु हुने छ।

गाउँपालिकाको अनुुसार चालु आर्थिक वर्षमा गाउँपालिकामा  सार्वजनिक सरोकारका विषयमा भएका कामका विषयमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो। उक्त कार्यक्रममा सहभागिता जनाउन पालिकावासी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मी लगायतका सरोकारवाला व्यक्तिलाई गाउँपालिकाले अनुरोध गरेको छ ।