close

आगामी पाँच वर्षकाे याेजना बनाउँदै सियारी

आगामी पाँच वर्षकाे याेजना बनाउँदै सियारी

Trulli
ADVERTISEMENT

 रुपन्देही  । सियारी गाउँपालिकाले आगामी ५ वर्ष भित्र सम्पन्न गर्ने कार्यक्रम तयार गर्न  प्रथम आवधिक योजनाको गहन छलफल गरेको छ । गाउँपालिकाले आगामी दिनमा गर्ने कार्यक्रमका बिषयमा समष्टिगत सोंच, लक्ष्य, उद्धेश्य, रणनीति सहितको आवधिक योजनाका विषयमा छलफल गरेको हो ।

पालिकाकाभित्रका  जनप्रतिनिधि र कर्मचारी,  वडा सचिव, प्राबिधिक लगाएत कार्यपालिका सदस्यलाई समेटेर दुईदिनसम्म आबधिक योजनाका बिषयमा गहन रुपमा छलफल चलाएको हाे ।

पालिकाले तय गर्ने आबधिक योजनाको सोंच, लक्ष्य, उद्धेश्य र रणनीति बिषयमा संघिय मामिला मन्त्रालयका अधिकृत गोविन्द केसीले प्रशिक्षण दिएका थिए ।

गाउँपालिकाले कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विस्तार, दिगो पूर्वाधार तथा सामाजिक पुँजीको निर्माणमार्फत समतामूलक, स्वच्छ, सुशासनयुक्त र समृद्ध गाउँपालिकाको आधार निर्माण गर्ने लक्ष्य लिईएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनले कृषि, पर्यटन, र दिगो पूर्वाधारयुक्त नगरीट: समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी भन्ने दीर्घकालिन सोच लिएर बताए । उनले सियारीलाई माछामा जस्तै तोरी, हल्दी र खुर्सानीमा आत्मनिर्भर गराउने गरी काम थालिएको बताए ।
पालिकाले गाउँपालिकाको हालसम्मको बार्षिक बजेट तथा कार्यक्रम र नीति तथा विभिन्न बिषय क्षेत्रगत रणनीतिलाई प्रमुख आधारको रुपमा लिदै आवधिक योजनामा छलफल भएको छ।

गाउँपालिकाले आर्थिक, सामाजिक तथा भौतिक बिकासको लागि लगानी बृद्धिगरी उपरोक्त लक्ष्य हासिल गर्न बिभिन्न उद्देश्य लिईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

सियारीले कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको उत्पादन, रोजगारी र आयमा समाबेशी, गुणात्मक र दिगो वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्ने, स्वस्थ, सृजनशील, सहिष्णु र सीपयुक्त मानव पुँजीको निर्माण गर्ने लगाएतका उद्धेश्य लिईएको प्रवत्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दीपक बहादुर शाहिले जानकारी दिए ।

उनले गुणस्तरीय तथा प्रयोगकर्ता मैत्री आधारभूत भौतिक पूर्वाधारको दिगो बिकास सहित अन्तरआवद्धता सहज, सुरक्षित र व्यवस्थित बनाउने, गाउँपालिकाको सुशासन, सेवा प्रवाह, विकास उपलब्धी र जवाफदेहिताको स्थितिमा गुणात्मक वृद्धि गर्नु लगाएतका थप उद्धेश्य लिएको बताए।