close

लिखुपिकेमा राष्ट्रिय परिचय पत्र विवरण संकलन सम्पन्न

लिखुपिकेमा राष्ट्रिय परिचय पत्र विवरण संकलन सम्पन्न

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। लिखुपिके गाउँपालिकाको ५ वटा वडामा एकै पटक राष्ट्रिय परिचयपत्र विवरण संकलन सम्पन्न भएको छ ।

भौगोलिक अवस्थाको कारणले सम्पूर्ण लिखुपिके बासीलाई सदरमुकामसम्म जान असहज हुने भएकाले नेपाल सरकारको नीति अनुरुप गाउँपालिकाको ५ वटै वडामा एकैपटक परिचय पत्र विवरण संकलन गरिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताइन्।

वैशाख २८ गतेबाट सुरु भएको विवरण संकलनमा  वडा न १ मा २६७, वडा नं २ मा ५५१, वडा नं ३ मा ४६५, वडा नं ४ मा ४६७ र  वडा नं ५ मा ४३८ गरि जम्मा २१८८ जनाको विवरण संकलन गरिएको गाउँपालिकाले जनाएको छ । 

२०७७ साउन ११ गतेबाट विवरण दर्ता सुरु भएको जिल्लामा हालसम्म १५ हजार बढीले दर्ता गराइसकेका छन् । नेपाली नागरिकतामा रहेको कमीकमजोरीलाई हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्ने उदेश्यका साथ राष्ट्रिय परिचयपत्र ल्याइएको सरकारले जनाएको छ । 

अन्तराष्ट्रिय मापदण्डको डिजिटल कार्डको रुपमा प्रयोग गर्न सकिने यस डिजिटल कार्डमा १० वटै औँठाको छाप र आँखाको पर्दा समेतको व्यक्तिको परिचय समेटिन्छ । चिप सहितको कार्डमा व्यक्तिको वैयक्तिक र जैविक विवरण समेत समेटिने भएकाले पनि राष्ट्रय परिचयपत्र महत्वपुर्ण रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।