close

उर्लाबारीमा अब अनलाईनबाटै घर नक्सा पास

उर्लाबारीमा अब अनलाईनबाटै घर नक्सा पास

Trulli
ADVERTISEMENT

मोरङ। उर्लाबारी नगरपालिकाभित्रका नागरिकले आगामी आर्थिक वर्षदेखी घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । नगरपालिकामा दर्ता भएका इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ ।यसबाट सेवाग्राहीलाई सहज हुने भएको छ । 

नगरपालिकाले आगामी असारबाट परिक्षणको रुपमा र साउनदेखी पुर्ण रुपमा अनलाईबाटै घरनक्सा पास गर्ने तयारी थालेको छ । अनलाईन घरनक्सा प्रणाली सुरवात गर्न नगरपालिकाले कर्मचारी र दर्ता भएका कन्सल्टेन्सीका प्रतिनिधिलाई तालिम समेत दिईसकेको छ । उर्लाबारीमा अनलाईनबाट घरनक्सा पास हुने काम सुरु भएपछि फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिनेछ । 

नगरपालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी, पारदर्शी र जवाफदेखी बनाउने अवधारणा अनुसार अनलाईनबाट घरनक्सा पास हुने व्यवस्था मिलाउन लागिएको प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले बताए। ‘नगरपालिकामा दर्ता भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ’, अधिकारीले भने ‘दर्ता भएका कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटदेखी वडासम्म पठाउने जस्ता कामहरु सबै अनलाईनबाटै हुने र नागरिकले घरमा मोबाईलबाटै आफ्नो कामको प्रगतिका विषयमा जानकारी पाउनुहुनेछ ।’

अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगको पनि तयारी भईरहेको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए। 

फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने र पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि यस प्रणाली प्रभावकारी बन्दै गएको छ ।