close

चौरासी पूजा गर्न नगरपालिकाको २५ हजार आर्थिक सहयोग

चौरासी पूजा गर्न नगरपालिकाको २५ हजार आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

अर्घाखाँची। शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । 

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

चुनावको समयमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए। ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए ।  तीन सय १९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए।

नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ ।

कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ । शीतगङगा  भौगोलिक दृष्टिकोणमा  सबैभन्दा ठूलो नगरपालिका हो ।