close

भूमिहीनलाई बाँड्यो जग्गाधनी पुर्जा

भूमिहीनलाई बाँड्यो जग्गाधनी पुर्जा

Trulli
ADVERTISEMENT

 कैलाली । बर्दगोरिया गाउँपालिकाले भूमिहीन दलित,  भुमिहिन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण कार्य सुरु भएको छ । गाउँपालिकाले वडा नम्बरबाट लालजपूर्जा वितरण सुरु गरेको हो ।  
 
 शनिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले वडा नम्बर ३ का ३ जना भुमिहिन दलित र २ जना भुमिहिन सुकुम्बासीलाई जग्गा धनी लालपुर्जा वितरण गरेका हुन् । 

 
गाउँपालिकाका अध्यक्ष कुँवरले पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीको अथक मेहनत र परिश्रमले वडा नम्बर ३ मा लालपुर्जा वितरण गर्न सफल भएको बताए ।। 
 
उनले पहिलो चरणमा वडा नम्बर ३ का ५ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको बताए । आगामी ३ महिनामा बर्दगोरियाको नाप नक्साको काम सक्ने गरि अगाडी बढ्ने पालिका अध्यक्ष कर्ण कुँवरले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 
 
आगामी दिनमा नाप नक्सा नभएका क्षेत्रमा नाप नक्सा गर्ने र नाप नक्सा भएका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुलाई जग्गाधनी पुर्जा बितरण गर्न जिल्ला भुमी आयोगसंग पहल थाल्ने उनले बताए ।