close

जेष्ठ नागरिकलाई ललितपुरमा निःशुल्क यातायात सेवा

जेष्ठ नागरिकलाई ललितपुरमा निःशुल्क यातायात सेवा

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाको वडा नम्बर ३ ले जेष्ठ नागरिकको लागि निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले जेष्ठ नागरिकलाई सहज रुपमा सेवा सञ्चालन गर्नको लागि सो सेवा ल्याएको हो । 

वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनका अनुसार वडाको क्षेत्र धेरै ठूलो भएकाले सो सेवा सञ्चालनमा ल्याएको हो । उनका अनुसार जेष्ठ नागरिकलाई वडा कार्यालयको सिफारिस सेवा तथा अन्य सेवाको लागि सो यातायातको प्रयोग गर्न पाइने छ । 

सो यातायातको सेवा लिनको लागि वडा कार्यालयले जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने उनले बताए । सो परिचयपत्रमार्फत वडामा सेवा लिन आउने बाहेक अरु काममा जाने जेष्ठ नागरिकले निःशुल्क सेवा लिन पाउने उनले बताए । 

८ सिट क्षमता रहेको सो विद्युतीय गाडी दैनिक दुई पटकसम्म सेवा सञ्चालन गरिने उनले बताए । उनका अनुसार बिहान १० बजे र दिउँसो २ बजे सो गाडीले सेवा दिने गर्दछ । गाडी वडा कार्यालयदेखि पाटनढोका-कृष्ण गल्ली-बखुण्डोल-झम्सिखेल-चक्रपथ-धोविघाट-पुलचोक हुँदै वडा कार्यालय फर्किने उनले बताए । 

उनका अनुसार सो गाडी जेष्ठ नागरिकलाई घुमाउन तथा कतै जानको लागि पनि प्रयोग गर्न सकिन्छ । वडा कार्यालयले विगत दुई वर्षदेखि सो गाडीमार्फत सेवा दिँदै आएको अध्यक्ष महर्जनले सुनाए ।