close

न्यायिक समितिः जग्गा र घरेलु हिंसाको मुद्दा धेरै

न्यायिक समितिः जग्गा र घरेलु हिंसाको मुद्दा धेरै

Trulli
ADVERTISEMENT

सिराहा - भगवानपुर गाउँपालिकाले गत आर्थिक वर्षमा १६ वटा मुद्दाको छिनोफानो गरेको छ । गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०७९/०८० मा १६ वटा मुद्दाको छिनोफानो गरेको हो । 

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक रेखादेवी यादवका अनुसार समितिमा दर्ता भएको ५८ वटा मुद्दामध्ये १६ वटाकाे निरुपण गरिएको हो । ‘निर्वाचित भएको केही समयपछि मात्रै न्यायिक समिति गठन भयो । समितिमा हामी ३ जना छौँ,’ उनले भनिन्, सोही समितिमा मुद्दा दर्ता हुन्छ ।’

उनका अनुसार दर्ता भएको मुद्दामा समितिले पक्ष र विपक्षीलाई बोलाएर छलफल गर्ने र सकेसम्म मिलापत्रमार्फत मुद्दाको निरुपण गर्दै आएको छ । निरुपण भएको मुद्दालाई पत्रकारसहितको टोलीले थप छलफल गरिने उनले पालिकाखबरलाई बताइन् ।

‘मिल्ने खालको हामी मिलाउँछौँ । तर दुबै पक्ष मिल्न चाहदैँन भने अदालतमा पठाउँछौँ,’ उनले भनिन् । उनका अनुसार समितिमा जग्गा विवाद, घरेलु हिंसा, आर्थिक लेनदनलगातको विषयमा बढि मुद्दा दर्ता हुने गरेको छ । 

न्यायिक समिति निर्माण भएपछि स्थानीय बासिन्दालाई सहज भएको विश्वास उनको छ । उनले स्थानीय तहबाटै न्याय पाउन थालेपछि पीडितहरु आफ्नाे समस्या लिएर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत धाउन नपरेकाे बताइन् । समितिमा दर्ता भएको मुद्दालाई निष्पक्ष रुपमा छिनोफानो गर्दै आएको उनले सुनाइन् ।