close

भद्रपुर नगरपालिकाले सोध्यो - बच्चा तपाईंको हो ?

भद्रपुर नगरपालिकाले सोध्यो - बच्चा तपाईंको हो ?

Trulli
ADVERTISEMENT

झापा- बेवारिसे अवस्थामा शिशु(छोरा) फेला परेपछि भद्रपुर नगरपालिकाले दाबी गर्न आग्रह गरेको छ । गत भदौ १२ गते राति करिब पौने ८ बजे वडा नम्बर-७ फूलबारीमा फेला परेको बालकको उपचार गरी नगरपालिकाले आज दाबीको सूचना प्रकाशन गरेको हो । 

नगरपालिकाका अनुसार करिब १२/१४ दिनको बालक स्थानीयले फेला पारेका थिए । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हालसम्म बालकको आमाबुवाको परिचान  हुन सकेको छैन । 

हाल पनि अस्पतालमै रहेको बालक ७ दिनभित्र दाबी गर्नका लागि स्थानीय बाल अधिकार समितिले निर्णय गरी सोहीअनुसार सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार शिशु फेला परेको अवस्थामा सेतो रङ्गको पञ्जा, टोपी, भेष्ट र निधारमा कालो टीका लगाइएको थियो ।