close

बजार अनुगमनपछि सुध्रियो घोराहीको व्यवसायी

बजार अनुगमनपछि सुध्रियो घोराहीको व्यवसायी

Trulli
ADVERTISEMENT

दाङ - घोराही उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित पसल तथा व्यवसायको गुणस्तरीयतामा बृद्धि भएको छ । उपमहानपालिकाले समयसमयमा बजार अनुगमन गरेसँगै गुणस्तरीयतामा बृद्धि भएको हो । 

उपमहानगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक हुमा कुमारी डिसीका अनुसार पालिकाले आवश्यकता अनुसार समयमा समयमा बजार अनुगमन गर्दै आएको छ । आफूले गरेको अनुगमनमा उत्पादनमा विषदीको प्रयोग, नापतौलको समस्या, पालिकामा दर्ता नभइ सञ्चालन, प्रयोग गर्ने अवधि समाप्त भएको सामग्री वितरण हुँदै आएको भेटिएकाे उनले पालिकाखबरलाई बताइन् । 

उनले मापदण्ड विपरित सञ्चालन हुँदै आएको व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्दै आएको बताइन् । कतिपय व्यवसायीले फुटपाथमा सामग्री विक्री गर्दै आएका र पालिकाले सो नगर्न पटक पटक अनुरोध गरेको बताइन् । तर पालिकाको आग्रहलाई अटेर गर्नेको सामग्री जफत गरी कानुन अनुसार जरिवाना तिराएको उनले सुनाइन् ।