close

महिला र बालबालिकाका लागि २ करोड विनियोजन

महिला र बालबालिकाका लागि २ करोड विनियोजन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाले लगानी योजनाका लागि प्रत्येक वडामा पाँच लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानीका लागि १२ वटै वडाको लागि उक्त रकम छुट्याएको हो । 

नगरपालिकाकी उपप्रमुख गीता बञ्जराले यस आर्थिक वर्ष भर्खरै मात्र सुरु भएको बजेट कार्यान्वयनको चरण बाँकी नै रहेको बताइन् । उनले भनिन्, ‘पनौती नगरपालिका बालमैत्री नगरपालिका हो । २०७७ सालमै बालमैत्री नगर घोषणा भइसकेको छ ।’ 

यस्तै न्युन आय भएका, आय आर्जनमा लगानी गर्ने किसिमका ३४ वर्ष कम उमेरको महिलालाई व्यवसायको लागि नगरपालिकाले प्रोत्साहन गरेको उनले बताइन् । उनले भनिन्, ‘३५ वर्ष उमेर पूरा भएर विवाह नगरेका, सम्बन्ध विच्छेद भएका, श्रीमान बेपत्ता भएका एकल महिलालाई राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइन्छ ।’

पालिकाका ९ वटा वडा लघु उद्यमका कार्यक्रमहरु सञ्चालन गरिएको उनले जानकारी दिइन् । एकल तथा असहाय महिलालाई पशुपालन तरकारी खेती, बाख्रा पालनमा पालिकाले सहयोग गर्ने गरेको उनले बताइन् । ‘विगतका वर्षमा अनुदान पनि उपलब्ध गराउँथ्यौँ । यस वर्ष अनुदानको कार्यक्रम भने छैन ।’ 

महिला र बालबालिका क्षेत्रको विकासको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा दुई करोडभन्दा बढी बजेट विनियोजन गरिएको उनले  पालिकाखबरसँग बताइन् ।