close

चराङ बर्थिङ सेन्टरमा एक वर्षमा सुत्केरी गराउने शून्य

चराङ बर्थिङ सेन्टरमा एक वर्षमा सुत्केरी गराउने शून्य

Trulli
ADVERTISEMENT

मुस्ताङ- लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङ बर्थिङ सेन्टरबाट वर्ष दिनमा एकजनाले पनि सेवा लिएनन् । गत आर्थिक वर्ष ०७९/०८० मा पालिकाको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिनेको संख्या शून्य रहेको हो । 

गाउँपालिकामा एकमात्र बर्थिङ सेन्टर रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पासाङ डोल्मा गुरुङ बताउँछिन् । उनका अनुसार बर्थिङ सेन्टरमा जनशक्ति पनि छ तर सुत्केरी गराउन आएनन् । 

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा पालिकाभर ६ जनाले बच्चा जन्माएका छन् । जसमध्ये ५ जनाले पोखरा गएर बच्चा जन्माएका छन् भने एकजनाले घरमै जन्माएकी शाखा प्रमुख गुरुङको भनाइ छ ।