close

प्रत्येक वर्ष त्रियुगाकाे ५० ओटा सुरक्षित आवास

प्रत्येक वर्ष त्रियुगाकाे ५० ओटा सुरक्षित आवास

Trulli
ADVERTISEMENT

उदयपुर– त्रियुगा नगरपालिकाले पालिकामा हरेक वर्ष ५० ओटा सुरक्षित आवास बनाइदिने गरेको छ । आर्थिक वर्ष २०७९/०८० बाट नगरपालिकाले हरेक आर्थिक वर्षमा ५० ओटा घर निर्माणको काम थालेको हाे । 

तीन वर्षसम्म सो कार्यक्रम सञ्चालन गरेर पालिकाभित्र १५० घर निर्माण गर्ने उदेश्यले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले बताइन् । हेविट्यास परियोजना र नगरपालिकाको ५०/५० प्रतिशत लगानीबाट उक्त आवास तयार पारिइने उनले पालिकाखबरलाई जानकारी दिइन् । विपन्न, पिछडिएका समुदाय, संयुक्त रुपमा बसोबास गर्न चाहनेहरुको लागि आवास निर्माण गरिन्छ । 

'यदि उनीहरुको जग्गा छ भने त्यही बनाइदिन्छौँ । छैन भने नगरपालिकाले ऐलानी जग्गा वा अव्यवस्थित रुपमा बसोबास गरिरहेको जग्गामा बसोबास गराउन मिल्ने बनाइदिन्छौँ,’ उनले भनिन् । 

होरोन्डेज भन्ने संस्थाबाट सुरक्षित आवास निर्माणको काम भइरहेको उनले जानकारी दिइन् । गत आर्थिक वर्षमा निर्माण गरिएका घरहरुको काम सक्किन लागेको बताउँदै यस वर्ष पनि ५० घर निर्माण गरिने उनले जानकारी दिइन् ।