close

टोलटोलमा गएर सामाजिक भत्ता वितरण गर्दै रामपुर

टोलटोलमा गएर सामाजिक भत्ता वितरण गर्दै रामपुर

Trulli
ADVERTISEMENT

पाल्पा - रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले बैंकबाट टाढा रहेको लाभग्राहीका लागि टोलटोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो । 

नगरप्रमुख रमणबहादुर थापाका अनुसार बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागेको हो । उनले वडा नम्बर ३ र ४ का केही क्षेत्रका स्थानीयलाई पनि टोलटोलमा भत्ता वितरण गरिने बताए ।

सामाजिक सुरक्षाभत्ता वितरणको लागि नगरपालिकाले आवश्यक कर्मचारी टोलटोलमा खटाइने उनले पालिकाखबरलाई सुनाए । नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्ने उनले बताए ।

पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । अन्य स्थानीयले बैंकबाट भत्ता लिन सक्ने उनको भनाइ छ ।