close

६५ पीडित परिवारलाई सुविधायुक्त एकीकृत बस्ती हस्तान्तरण

६५ पीडित परिवारलाई सुविधायुक्त एकीकृत बस्ती हस्तान्तरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले पहिरोमा विस्थापित परिवारलाई अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको छ । गत असार २ गते वर्षाको कारण गएको बाढी र पहिरोले विस्थापित परिवारलाई सोमबार गाउँपालिकाले एकीकृत बस्ती हस्तान्तरण गरेको हो ।  

वडा नं ४ ओदकस्थित शेर्पा बस्ती विस्थापित भएकाले अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वोमनले जानकारी दिए । उनको अनुसार ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास हस्तान्तरण गरिएको हो । 

साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा उक्त अस्थायी आवास निर्माण गरिएको हो । पहिरोपछि गरिएको अध्ययनमा तत्काल सुरक्षित स्थानमा बस्ति स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको निष्कर्श निकालेपछी खुल्ला क्षेत्रमा अस्थायी आवास निर्माण गरेको उनले बताए ।

कुल ६० दिनमा १ करोड ५० लाख लागतमा उक्त आवास निर्माण भएको उनले जानकारी दिए । तर, पालिकाको स्रोत २६ लाख ६० हजार रुपैयाँ मात्र खर्च भएको उनले पालिकाखबरलाई सुनाए । पालिकाले  विभिन्न दातृ संस्थासँग समन्वय गरेर ५५ लाख रुपैयाँ बराबरको निर्माण सामाग्री जुटाएको उनले जानकारी दिए । ‘बाँकी स्थानीय स्रोत साधन, जन श्रमदान जुटाएर अस्थायी आवास निर्माण गर्यौँ,’ उनले भने । 

परिवार सङ्ख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । एकिकृत बस्तीमा खानेपानी, शौचालय लगायतको सुविधा उपलब्ध रहेको उनले जानकारी दिए ।