close

काठमाडौं महानगरपालिका र ईःबीच आज वार्ता हुँदै

काठमाडौं महानगरपालिका र ईःबीच आज वार्ता हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिका र अभियन्ता ई: बीच आज वार्ता हुने भएको छ । अभियान्ता इ:सँग वार्तामा बस्न काठमाडौं महानगर तयार भएको हो तर नगरप्रमुख बालेन साह भने सहभागी हुने स्रोतले जनाएको छ । 

काठमाडौं महानगरपालिकाले प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनाएको छ भने आन्दोलनरत पक्षबाट अभियन्ता ईःसहितको टोली वार्तामा जाने भएको छ ।

मंगलबारको वार्तामा महानगरबाट प्रवक्ता मानन्धरसँगै दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । 

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर ८ दिनदेखि उभिइरहेका छन् ।