close

सियारीका विपन्न १४  परिवारलाई सुरक्षित आवास

सियारीका विपन्न १४  परिवारलाई सुरक्षित आवास

Trulli
ADVERTISEMENT

रुपन्देही - सियारी गाउँपालिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ ।  उपभोक्ता समितिमार्फत निर्माण गरेको आवास विपन्न परिवारलाई गाँउपालिकाले हस्तान्त्रण गरेकाे हाे ।

गाउँपालिकाभित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरेकाे जनाइएकाे छ । गाँउपालिकाले गत आर्थिक बर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । 

पालिकाले एउटा घर निर्माणका लागि ५ लाख रुपैयाँ र उपभोक्ता समितिले ६१ हजार ७ सय ४४ रुपैया सहित ५ लाख ६१ हजार ७ सय ४४ रुपैयाको लागत सहभागितामा घर निर्माण गरिएको हो । पालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरेको आवासलाई गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धीत वडाका वडा अध्यक्षले सम्बन्धीत घरधनीलाई घर हस्तान्त्रण गरेका हुन् ।  

उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा, एउटा सानो व्रन्डा र सौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुईने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि शुसीले दङ्ग परेका छन् । 

सियारी ५ की चन्मति थारुले पक्की घर पाएपछि आफुहरुलाई बस्न, बालबच्चालाई पढाउन निर्क सहज भएको उल्लेख गर्दै गाउँपालिकालाई धन्यवाद दिईन । उनले यस अघि आफुहरु माटो गारो र खपटाको चुईने छतमुनि बसेर गुजारा चलाउदै आएको बताईन् । 

 गाँउपालिकाले निर्माण गरी हस्तान्त्रण गरेका ती घरलाई पालिकाको सहमतिविना बिक्रि बितरण गर्न नमिल्ने गरी आबश्यक कार्यविधि बनाउन लागिएको गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले अति विपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई विक्री वितरण गर्न दिए अनुदानको दुरुपयोग हुने हुँदा यसलाई विक्री  वितरणमा रोक लगाउने गरी कार्यविधि बनाउन लागिएको बताए । 

सियारीले नयाँ जनप्रतिनिधि आएपछि शुरु गरेको सियारी आवास योजनालाई यस आर्थिक बर्षमा निरन्तरता दिने गरी बजेटको बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन् । उनले गास, बास र कपासको अभाव भएका अति विपन्न परिवारलाई आवास तयार गरी हस्तान्त्रण गरिएको बताउदै शंरक्षणमा ध्यान दिन आग्रह गरिन । 

जनताको नजिकको सरकारको रुपमा रहेका स्थानिय पालिकाहरुले यस्तै खालको जनताले अपनत्व पाउने खालका कार्यक्रममा जोड दिनु पर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमले सरकार र नागरिक वीचको सम्बन्ध थप बलियो बन्न टेवा पुग्ने समेत देखिन्छ ।