close

जेष्ठ नागरिकको सेवा किन कटौती गरियो ?

जेष्ठ नागरिकको सेवा किन कटौती गरियो ?

Trulli
ADVERTISEMENT

खोटाङ - दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई दिँदै आएको यातायात सेवा स्थगित गरेको छ । अघिल्लो कार्यकालको जनप्रतिनिधिको कार्यकालबाट सञ्चालनमा ल्याएको सो सेवाको दुरुपयोग बढेपछि गाउँपालिकाले कटौती गरेको हो । 

गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईका अनुसार ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकको लागि सो सेवा सञ्चालनमा ल्याएपनि दुरुपयोग बढेपछि गत आर्थिक वर्ष २०७९/०८० बाट कटौती गरेको हो । कार्यक्रम प्रभावकारी नहुनु, यातायातको पहुँच नहुने, तथा यातायात सञ्चालकहरुबीच विवाद बढेपछि सेवा नै कटौती गरेको उनले पालिकाखबरलाई बताए । 

सो कार्यक्रमको सट्टामा जेष्ठ नागरिकलाई जाडो महिनाका तातो कपडा तथा हर्लिक्सलगायतको सामग्री वितरण गर्दै आएको उनले बताए । तत्कालीन जनप्रतिनिधिले खोटाङ यातायात प्रालिसँग सम्झौता गरी आव २०७४/०७५ देखि सो सेवा सञ्चालनमा ल्याएको थियो ।