close

गाउँपालिकाले अनुगमन थालेपछि स्थानीय खुशी

गाउँपालिकाले अनुगमन थालेपछि स्थानीय खुशी

Trulli
ADVERTISEMENT

प्युठान - सरुमारानी गाउँपालिकाले नियमित रूपमा बजार अनुगमन गरेसँगै स्थानीय बासिन्दा खुसी भएका छन् । बजार अनुगमन भएसँगै स्वास्थ्यकर तथा ताजा खानेकुराको प्रयोग गर्न पाएकोमा स्थानीय बासिन्दा खुसी भएका हुन् । 

गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक बसन्ता खड्का अनुसार पालिकाले बजार क्षेत्रमा हालसम्म चार पटक अनुगमन गरिसकेको छ । दसैँ र तिहार नजिकिएसँगै आगामी साता पनि बजार अनुगमन गर्ने उनले पालिकाखबरलाई बताइन् । 

बजार अनुगमनमा म्याद नाघेको खाद्यान्न, प्याकेजिङमा समस्या तथा दर्ता नभई सञ्चालनमा आएको व्यवसाय फेला परेको उनले सुनाइन् । सामग्रीलाई जफत गरी नष्ट गर्ने तथा व्यवसायीलाई सम्झाएर छोडेको उनले बताइन् ।   

सोही समस्या पुनः दोहोरिएमा पालिकाको नियमबमोजिम कारबाही गरिने उनले बताइन् । उनले बजार अनुगमन गरेपछि स्थानीय बासिन्दासमेत सचेत र जागरूक भएको जानकारी दिइन् ।