close

बजार अनुगमनका लागि मेसिन नभएपछि...

बजार अनुगमनका लागि मेसिन नभएपछि...

Trulli
ADVERTISEMENT

महोत्तरी - बलेवा नगरपालिकामा बजार अनुगमनका लागि आवश्यक प्रविधिको अभाव छ । नगरपालिकामा बजार अनुगमनका लागि समिति गठन भए पनि प्रविधिको अभावले बजार अनुगमन गर्नसमेत समस्या भएको छ । 

नगपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक राम दुलारी देवीका अनुसार पालिकाले आवश्यकताको आधारमा समयसमयमा बजार अनुगमन गर्दै आएको छ । तर अनुगमनका लागि मेसिनको नभएकाले समस्या हुने गरेको उनले पालिकाखबरलाई सुनाइन् । मेसिन नभएकाले आँखाले हेरेर मिठाइको परिक्षण गर्ने गरेको उनले बताइन् ।

बजार अनुगमनमा मिठाईमा रंग मिसाउने, म्याद गुज्रेका खाद्यान्न बिक्री गरिने, कुहिएका तथा अस्वस्थकर खाद्यान्नलाई जफत गरी नष्ट गर्दै आएको उनले बताइन् । नगरपालिकाको बजार क्षेत्रलाई प्राथमिकतामा राखी अनुगमन गर्ने उनको भनाइ छ ।