close

स्थानीय तहका कर्मचारीको आन्दोलनमा महानगरको ऐक्यबद्धता

स्थानीय तहका कर्मचारीको आन्दोलनमा महानगरको ऐक्यबद्धता

Trulli
ADVERTISEMENT

पर्सा- स्थानीय तहका कर्मचारीले काठमाडौंमा जारी राखेको आन्दोलनमा वीरगञ्ज महानगरपालिकाले ऐक्यबद्धता जनाएको छ । 

बुधबार महानगरपालिकाका मेयर राजेशमान सिंहले विज्ञप्ति निकाल्दै सबै कर्मचारी आन्दोलनमा काठमाडौं जाँदा महानगरको सेवा प्रभावित भएको भन्दै कर्मचारीहरूको जायज माग छिटोभन्दा छिटो सम्बोधन गरी निकास निकाल्न सरकारसँग माग गरेका छन् । 

साथै आन्दोलनरत पक्षसँग वार्ता गरी समस्याको समाधान गर्न र कर्मचारीलाई कार्यस्थलमा फिर्ता हुने वातावरण बनाउन नगरप्रमुख सिंहले सरकारसँग आग्रह गरेका छन् । 

सेवाको सुरक्षा माग गर्दै स्थानीय तहका कर्मचारीहरू ११ दिनदेखि आन्दोलित छन् । एकीकृत निजामती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै कर्मचारीहरू गत असोज १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन् ।