close

कपुरकोटलाई जुरुक्कै उठाउने ‘जागरण अभियान’

कपुरकोटलाई जुरुक्कै उठाउने ‘जागरण अभियान’

Trulli
ADVERTISEMENT

सल्यान- सुशासन र सेवा प्रबाह जनताले अपेक्षा गरेकोजस्तो बनाउनको लागि कपुरकोट गाउँपालिकाले गाउँसभाबाट ‘ कपुरकोट जागरण अभियान’ पारित गरी कार्यान्वयनमा ल्याउन थालेको छ । 

गत असारमा सम्पन्न गाउँसभाले ‘जागरण अभियान’ पारित गरेसँगै गाउँपालिकाबाट दिइने सेवा, गरिने विकास तथा हरेक हरेक क्रियाकलाप र क्षेत्रलाई अभियानको मर्मसँग जोडेर गाउँपालिकालाई जुरुक्कै उठाउने सोचका साथ तीव्र र प्रभावकारी काम सुरु गरिएको छ । 

उक्त अभियानबाट परम्परागत सीप र सं‌स्कार संस्कृतिको संरक्षण, बालविवाह न्यूनीकरण, सकारात्कम सोचको विकाससँगै नीतिगत व्यवस्था तथा कार्यान्वयन प्रभावकारितामा जोड दिइने गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले पालिकाखबरलाई बताए । 

पालिका अध्यक्ष पुनका अनुसार पूर्ण सुरक्षित आवास, शैक्षिक गुणस्तर, पूर्ण सरसफाइ, नागरिक सर्वेक्षणलगाउत सयौं कामहरू गरिने छ । शैक्षिक अभियानअन्तरगत विद्यार्थीलाई सामाजिक, शैक्षिक, प्रशासनिक, आर्थिक, उत्प्रेरणात्मक, स्वास्थ्य, कृषि, रोजगार, निर्माण, खोज, विज्ञान, वन तथा वातावरण, विपद् व्यवस्थापन, नैतिक शिक्षा, न्यायिक प्रक्रियालगायतका विषयमा विज्ञहरूबाट साप्ताहिक रूपमा कक्षा सञ्चालन गरिने गाउँपालिकाको भनाइ छ । 

गाउँपालिकाका अनुसार हरेक शाखा तथा योजनमा आ-आफ्नै बजेट छ । ती शाखाका कार्यक्रमले जागरण अभियानको उद्देश्यअनुसार काम गर्ने भएको हुँदा अभियानकै लागि भने बजेटको खास व्यवस्था नगरिएको गाउँपालिकाले जनाएको छ ।