close

वडा वडामा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै भैरवी

वडा वडामा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै भैरवी

Trulli
ADVERTISEMENT

दैलेख- भैरवी गाउँपालिकाले हिमालयन बैंकसँगको सहकार्यमा वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । 

दशैं नजिएको भन्दै लाभाग्राहीको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षभत्ता वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भपेन्द्र थापाले बताए । 

प्रमुख प्रशासकीय अधिकृत थापाकाअनुसार वडा नम्बर-४ मा असोज २६ गते, वडा नम्बर-५ मा असोज २७ गते, वडा नम्बर-३ मा असोज २८ गते, वडा नम्बर-३ मा असोज ३९ गते, वडा नम्बर-१ मा कातिक १ गते, वडा नम्बर-६ मा कातिक २ गते र वडा नम्बर-७ मा कातिक ३ गते वितरण गरिने गरी सबै वडामार्फत सरोकारवालालाई सूचित गरिएको छ ।