close

सुकुम्बासी परिवारलाई ३ देखि ६ कट्ठासम्म जग्गा प्रदान

सुकुम्बासी परिवारलाई ३ देखि ६ कट्ठासम्म जग्गा प्रदान

Trulli
ADVERTISEMENT

सर्लाही– बागमती नगरपालिकाले भूमिहीन सुकुम्बासीको व्यवस्थापन गरेको छ । नगरपालिकाले करिब ६ हजार भूमिहीन सुकुम्बासी परिवारको व्यवस्थापन गरेको हो ।  

करिब २ वर्षको समय लगाएर सुकुम्बासीको व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए । अब १५० जति सुकुम्बासी परिवारको व्यवस्थापन गर्न बाँकी रहेको उनले पालिकाखबरसँग बताए । 

वनको अतिक्रमित जमिन र ऐलानी जमिनलाई नगरपालिकाले नियन्त्रणमा लिएर सो जग्गा भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराएको उनले बताए । उनले वास्तविक सुकुम्बासीको पहिचान गरी योजना बनाएर व्यवस्थापन गरिएको जानकारी दिए । 

सुकुम्बासीलाई घडेरी तथा आवास बनाउन नसक्नेलाई आवासको व्यवस्थापन नगरपालिकाले दिएको उनले बताए । उनले भने, ‘सुकुमबासी परिवारहरूलाई परिवार सङ्ख्याको आधारमा ३ कट्ठादेखि ६ कट्ठासम्म जग्गा प्रदान गरिएको छ ।’ हालसम्म करिब ८० परिवारलाई आवास प्रदान गरिएको र अन्य घर बनाउँन सक्ने क्षमता नभएका सुकुम्बासीको घर आगामी आर्थिक वर्षमा बनाउँदै जाने उनले बताए । 

यस्तै नगरपालिकाले लोपोन्मुख समूदायको लागि नमुना बस्तीसमेत तयार पारेको नगरप्रमुख थापाले बताए । उनको अनुसार यस अघि दलित समुदायका डुम, चमार र पहरी जातिको नमुना बस्ती तयार गरिएको छ । 

यस आर्थिक वर्षमा चेपाङ जातिको लागि ५५ घरसहितको नमुना बस्ती तयार गर्ने योजना रहेको उनले सुनाए ।