close

आफ्नै भवनबाट सेवा दिँदै चाँगुनारायण सरकार

आफ्नै भवनबाट सेवा दिँदै चाँगुनारायण सरकार

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा दिने भएको छ । नगरपालिकाको वडा नम्बर ५ छालिङ घुमाउनेमा निर्माण भएको भवनबाट शुक्रबारदेखि सेवा सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार नवनिर्मित भवन राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन  गरी सेवा सञ्चालन हुने जनाइएको छ । ६ तले प्रशासकीय भवनले करिब ३० रोपनी क्षेत्रफल ओगटेको छ  । 

भवन निर्माणका लागि ४१ करोड ३४ लाख २५ हजार रुपैयाँ लागत इष्टमेट गरे पनि निर्माण व्यवसायीले ३४ दशमलव ५ प्रतिशत कम २५ करोड ४६ लाख २५ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको छ । तत्कालिन नगरप्रमुख सोम प्रसाद मिश्रको कार्यकालमा २०७७ सालमा सो भवनको शिलान्यास गरिएको थियो । 

यसअघि नगरपालिकाले खरिपाटीस्थित भाडाको भवनमा सेवा सञ्चालन गर्दै आएको थियो ।