close

२७ जनालाई मेलमिलापकर्ता तालिम

२७ जनालाई मेलमिलापकर्ता तालिम

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिकाको आयोजनामा ८ दिनदेखि जारी मेलमिलापसम्बन्धी तालिम सम्पन्न भएको छ । 

न्यायिक समितिको आयोजनामा भएको तालिममा नगरका ११ वटै वडाबाट २/२ जना र केही संघ संस्थाका गरि २७ जनाको सहभागी थिए । तालिमको सहजीकरण संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र चितवनका अध्यक्ष बन्दुराज पौडेल र सोही संस्थाका कविता अधिकारीले गरेका थिए । 

न्यायिक समितिले वडा तहमा स्थापना गरिएको मेलमिलाप केन्द्रलाई थप सकृय बनाउने उदेश्यका साथ तालिमको आयोजना गरेको बताइएको छ । नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गान्धीमाया तामाङले न्याय निरुपणमा नगरपालिकाले उत्कृष्ट अभ्यास गरेको दाबी गरिन् ।