close

हावाहुरीबाट प्रभावित ११ परिवारलाई दोधारा चाँदनीको राहत

हावाहुरीबाट प्रभावित ११ परिवारलाई दोधारा चाँदनीको राहत

Trulli
ADVERTISEMENT

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिकाले हावाहुरीबाट प्रभावित घर परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको सोमबार बसेको बैठकले गत मंसिर २ गते आएको हावाहुरीले प्रभावित भएका घरपरिवारलाई प्रतिघर पाँच हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

राहत पाउनेमा  दोधारा चाँदनी-१ की आयासा सुनार, दोधारा चाँदनी-२ की सरुदेवी सार्की, मानमती बोहरा, दोधारा चाँदनी-३ का शेरबहादुर सुनार, दोधारा चाँदनी-४ की कला देवी सुनार, मानमती दमाई, मोहन सिंह, दोधारा चाँदनी-५ का तर्कराज पन्त, अहिल्या देबि भट्ट, गंगा देबि सुनार र मानदेबी सुनार, दोधारा चाँदनी-६ का सुरत राम महर छन् । 

उनीहरूलाई  स्थानीय विपद् व्यवस्थापन कोषबाट भुक्तानी हुने गरी राहत रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।