close

काठमाडौंको सहायता कक्षमा दोभाषेको सुविधा

काठमाडौंको सहायता कक्षमा दोभाषेको सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाको नागरिक सहायता कक्षामा दोभाषेको व्यवस्था हुने भएको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभाषे) राख्ने निर्णय गरेको समितिका संयोजक रामकुमार केसीले पालिकाखबरलाई बताए । 

‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौं’ संयोजक केसीले भने, ‘सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरपालिकाको सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहनाअनुसार आज निर्णय गरेका छौं ।’

संयोजक केसीका अनुसार आवश्यक कर्मचारीको व्यवस्था गर्नुका साथै क्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि दिइने छ ।